दिल्लीमा मोबाइल चोरेको आरोपमा ६ नेपाली पक्राउ

Newslaya Home

दिल्लीमा मोबाइल चोरेको आरोपमा ६ नेपाली पक्राउ

बिहीबार ०१, फागुन २०७६

दिल्ली । भारतको राजधानी दिल्लीमा ३३ थान मोबाइल फोन चोरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

दिल्लीको कारोल बागमा गत वर्षको डिसेम्बर महिनामा एक मोबाइल पसल फुटाएर अज्ञात समूहले मोबाइलहरु चोरी गरेका थिए ।

डिसेम्बर १९ मा मोबाइल पसलका मालिकले प्रहरीलाई आफ्नो पसलमा चोरी भएको खबर गरेका थिए ।

समाचार संस्था पीटीआइका अनुसार प्रहरीले अनुसन्धनका क्रममा सोही क्षेत्रमा राति सुरक्षा गार्डको रुपमा काम गर्ने एक नेपालीसँग पनि अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा ती सुरक्षा गार्डकै सल्लाहमा पसलमा चोरी भएको तथ्य पत्ता लागेको थियो ।

दिल्लीका प्रहरीले उनीहरुलाई हालै पक्राउ गरेको हो ।

पीटीआइका अनुसार पक्राउ परेका नेपालीहरु खड्क राज जोशी, अशोक क्षेत्री, गंगा राम, पर्वत लाहुर, पवन साउद र नितेश शर्मा रहेका छन् ।