चेक वाउन्स गरेको आरोपमा इटहरीका तामाङ पक्राउ

Newslaya Home

चेक वाउन्स गरेको आरोपमा इटहरीका तामाङ पक्राउ

बिहीबार ०१, फागुन २०७६

इटहरी । प्रहरीले तत्कालीन पूर्व माओबादी निकट वाईसिएल इटहरी अध्यक्ष नविन तामाङलाई पक्राउ गरेको छ । चेक वाउन्स मार्फत इटहरीका अनिल गुप्तालाई ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

एक लाख ५० हजारको चेक वाउन्स मार्फत ठगी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो । प्रहरीले तामाङविरुद्ध मुद्धा दर्ता गरि कार्वाही अगाडी बढाएको जनाएको छ ।