चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

Newslaya Home

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार चढावलाई देखाउन खोजिएको छ ।

सुदर्शन थापा निर्देशित चलचित्रमा पल र पूजाको अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

एक महिलाको गायिका बन्ने संघर्षको बिषयमा बनेको चलचित्रको कथा शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।

मनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रमा समावेश पाँच वटा गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

चलचित्र यहि फागुन ३० गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।