विप्लवका ज्वाइँ चिरञ्जीवी ढकाल पक्राउ

Newslaya Home

विप्लवका ज्वाइँ चिरञ्जीवी ढकाल पक्राउ

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । विप्लव समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन् ।

संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौ प्रहरी प्रमुखकाअनुसार उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।