रेलमा कोरोनाभाइरस लागेको नाटक गर्ने व्यक्तिलाई पाँच वर्षको जेल सजाय

Newslaya Home

रेलमा कोरोनाभाइरस लागेको नाटक गर्ने व्यक्तिलाई पाँच वर्षको जेल सजाय

बिहीबार ०१, फागुन २०७६

काठमाण्डौ । रुसमा कोरोना भाइरसलाई लिएर प्य्राङ्क गर्ने एक युवकलाई पाँच वर्ष जेल तथा पाँच लाख जरिवानाको सजाय दिइएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा सजाय दिइएको हो ।

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।

रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ ।