इटहरीका १४ हजार बालबालिकालाई दादुरा खोप, १७ हजारलाई पोलियो थोपा

Newslaya Home

इटहरीका १४ हजार बालबालिकालाई दादुरा खोप, १७ हजारलाई पोलियो थोपा

बिहीबार ०१, फागुन २०७६

इटहरी । इटहरीमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपकालागि तयारी तीव्र पारिएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ ।

सोही अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजकले बताएका छन् । इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालीम दिइसकिएको छ ।

खोप अभियानका लागि १८५ स्वयंसेवक परिचालन गरिनेछ ।