सप्तरीबाट फरार अभियुक्त पक्राउ

Newslaya Home

सप्तरीबाट फरार अभियुक्त पक्राउ

बिहीबार ०१, फागुन २०७६

सप्तरी । सप्तरीबाट एक फरार अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिस्फोटक पदार्थसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा फरार अभियुक्त पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनुषाका ३४ वर्षीय इन्दल साह छन् । सुरुङ्गा नगरपालिका ६, श्रीपुर बस्ने एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार साहविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।