दिल्लीबाट बिहार गइरहेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Newslaya Home

दिल्लीबाट बिहार गइरहेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

काठमाण्डौ । भारतको उत्तर प्रदेशको आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो ।

घाइते ३१ जनाको सैफईको एक अस्पतालमा उपचार भइरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।