इटहरीका चौधरी लागुऔषधसहित पक्राउ

Newslaya Home

इटहरीका चौधरी लागुऔषधसहित पक्राउ

बिहीबार ०१, फागुन २०७६

विराटनगर । विराटनगर –१२ आइतबारेबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–१० का २६ वर्षीय ज्ञानेन्द्र चौधरी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चौधरीको साथबाट ८ चक्‍की नाइट्रोभेट, एभिल, डाइजापाम, लुपिजेसिक, फेनारगन गरेर ८ एम्पुल र खाली सिरिन्ज तीनवटा बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।