भोक्राहामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

भोक्राहामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र उनकी श्रीमती ४० बर्षीय सबिता देवी यादव घाइते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा सबिताको मृत्यु भएको जनाइएको छ ।