बगदादमा १०० वर्ष पछि भारी हिमपात

Newslaya Home

बगदादमा १०० वर्ष पछि भारी हिमपात

बिहीबार ०१, फागुन २०७६

काठमाण्डौ । इराकको बगदादमा १०० वर्षपछि भारी हिमपात भएको छ । यहाँ ४८ घन्टामा ४ इन्च भन्दा बढी हिउँ परेको छ । हिउँ परेका कारण तापक्रममा गिरावट आएर ५ डिग्रीसम्म पुगेको छ ।

बगदादवासीले मंगलबार बिहान टाढा–टाढासम्म हिउँले ढाकेको देखेका छन् । पहिले यसरी हिउँले ढाकिएको अवस्था १९१४ मा देखिएको थियो । विश्व मौषम विज्ञान विभागका अनुसार फेब्रुअरीमा इराकमा हिउँ पर्नु दुर्लभ हो । मौषममा देखिएको यो अचानक परिवर्तन युरोपमा आधि र हिउँको हावाका कारण भएको हो ।

यद्यपि यो भन्दा पहिले २००८ मा पनि हिउँ परेको थियो । तर यती ठूलो मात्रामा परेको थिएन । सामान्य रुपमा हेर्ने हो भने इराकमा गर्मीको प्रकोप धेरै हुने गर्छ । इराकम गर्मीको समयमा तापक्रम ५१ डिग्रीसम्म हुने गरेको छ ।