विराटनगरमा कृषि तथा औद्योगिक मेला आयोजना हुँदै

Newslaya Home

विराटनगरमा कृषि तथा औद्योगिक मेला आयोजना हुँदै

बिहीबार ०१, फागुन २०७६

विराटनगर । विराटनगरमा फागुन २ गते देखी हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराटनगर–२ शंकरपुर मार्गमा फागुन २ गतेदेखी १० गते सम्म मेला आयोजना हुँदैछ । औद्योगिक उत्पादन र प्रविधी प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादनलाई जोड दिन विराट एक्स्पो २०७६ कृषि तथा औद्यौगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्न लागिएको विराट एक्स्पोका संयोजकले बताएका छन् ।

मेलामा हेलिकप्टरबाट विराटनगर र पाथीभराको अवलोकन र हात्तीबाट सवारी पनि गराईने आयोजकले जनाएको छ । प्रदर्शनीमा ३ सय ४० वटा स्टल रहने जनाइएको छ । जसमध्ये ४० वटा विदेशी कम्पनी, कुषि, घरेलु तथा हस्तकलाका ६० वटा, औद्योगिक उत्पादनहरुका १६० वटा , अटो मोवाइल्स ३८, खाद्यन्नका १२ स्टल रहने जनाइएको छ ।

प्रदर्शनीमा मोरङ सुनसरी, सिरहा , सप्तरी, सुनसरी, उदयपुर र झापा र छिमेकी मुलुक भारतको विहारका तीन लाखले दर्शकले अवलोकन गर्ने जनाईएको छ। क्षे अबधिमा एक अर्ब बढीको कारोवार हुने आयोजकले जनाएको छ ।