कोरोनाभाइरस : हल्ला फैलिएपछि नेपाली चिकित्सक र सरकार पनि हैरान

Newslaya Home

कोरोनाभाइरस : हल्ला फैलिएपछि नेपाली चिकित्सक र सरकार पनि हैरान

बिहीबार ०१, फागुन २०७६

बिबिसि । कोरोनाभाइरस सङ्क्रमणबारे नेपालमा पनि विभिन्न आधारहीन हल्ला फैलिन थालेपछि जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञ र सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

पर्याप्त सूचना उचित तरिकाले प्रवाह हुन नसकेकाले अनर्गल कुरा फैलिने गरेको उनीहरूको ठम्याइ छ ।

चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ र उक्त रोग गराउने भाइरसबारे ‘अतिरञ्जित’ कुरा फैलिएपछि मानिसहरू आत्तिएको तथा समाजमा अनौठो गतिविधि देखा परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

कोरोनाभाइरस सङ्क्रमणबारे नेपालमा फैलिएका हल्लाका कारण आफूहरू हैरान भएको उनीहरूले बताए ।

उक्त भाइरसबारे विश्वका विभिन्न स्थानमा षड्यन्त्रका कुरा तथा अनेक हल्ला चलेपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसो नगर्न चेतावनी दिएको छ ।