भोजपुरमा तन्नामा बेरिएर एक बालिकाको मृत्यु

Newslaya Home

भोजपुरमा तन्नामा बेरिएर एक बालिकाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

भोजपुर । भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर एक बालिकाको मृत्यु भएको छ । बिहीबार टेम्केमैयुङ गाउँपालिका–७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।