दुर्घटनामा परेर अभिनेत्री महिमा सिलवालको मृत्यु

Newslaya Home

दुर्घटनामा परेर अभिनेत्री महिमा सिलवालको मृत्यु

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । अभिनेत्री महिमा सिलवालको दुर्घटनामा परि मृत्यु भएको छ । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी–२ चाम्बासमा अभिनेत्री महिमा चढेको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी स्वास्थ्यचौकी लैजादै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ । स्कुटरमा पछाडि बसेकी सर्मिला सिलवालको पनि उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् ।