कोरोनाभाइरस : अहिले नै प्रकोप अन्त्यको अनुमान गर्न ‘निकै छिटो’ हुने

Newslaya Home

कोरोनाभाइरस : अहिले नै प्रकोप अन्त्यको अनुमान गर्न ‘निकै छिटो’ हुने

बिहीबार ०१, फागुन २०७६

बिबिसि । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले ‘निकै छिटो’ हुने बताएको छ ।

‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने ।

यसअघि चीनले कोरोनाभाइरस सङ्क्रमण देखा पर्नेको सङ्ख्या एक दिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो ।

भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसक्यो भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् ।