कोरोना भाइरसबाट एकैदिन दुई सय ४२ जनाको मृत्यु

Newslaya Home

कोरोना भाइरसबाट एकैदिन दुई सय ४२ जनाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई सय ४२ जनाको मृत्यु भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो । उनीहरुका अनुसार मृत्यु हुनेको संख्या १३०० पुगेको छ ।

त्यस्तै संक्रमण हुनेको संख्या पनि ह्वातै बढेको बताइएको छ । बुधबार थप १५ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या ५० हजार नाघेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसबारे विषेश सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताए ।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।

यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन् ।