कोशीका जहाजहरु भोलिदेखी अनिश्चितकालीन बन्द

Newslaya Home

कोशीका जहाजहरु भोलिदेखी अनिश्चितकालीन बन्द

बुधबार २९, माघ २०७६

इटहरी । असुरक्षा भएको भन्दै सप्तकोशी नदीमा सञ्चालित पानी जहाजहरुले सेवा बन्द गरेका छन् । सप्तकोशी नदीमा पानी जहाज सञ्चालन गरिरहेका चार वटा कम्पनीहरुले सामूहिक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीहरुबाट असुरक्षा भएको र स्थानीय प्रशासनले सुरक्षा दिन नसकेको गुनासो गरेका छन् ।

रोजगारी, बुकिङ र स्थानीय दादागिरी लगायतका समस्याले गर्दा राज्यविहिन्ताको अवस्था रहेको ती कम्पनी सञ्चालकहरुको गुनासो छ । सप्तकोशी नदीमा बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिसोर्स् प्रालि र सप्तकोशी वाटर टुरिजम एण्ड ट्रान्सपोर्टेसन प्रालिले जेटबोट सञ्चालन गर्दै आएका थिए ।

जेटबोट सञ्चालनबाट घण्टौं लाग्ने चतरादेखि भोजपुरसम्मको यात्रालाई केही मिनेटमा नै सिमीत गरे पनि राज्यले सुरक्षा दिन नसकेको व्यवसायीहरुको गुनासो छ ।

‘सरकारको पानीजहाज चलाउने सपना पुरा गर्न विदेश तथा स्वदेशमा निर्माण गरि करोडौंको लगानी गरेका व्यवसायीहरु प्रतिको सरकारको उदासिन्ता देख्दा हामी व्यवसायीहरु निराश देखिएका छौं’, व्यवसायीहरुले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।