किसानलाई गाँजा खेती गर्न दिन सांसदको माग

Newslaya Home

किसानलाई गाँजा खेती गर्न दिन सांसदको माग

बुधबार २९, माघ २०७६

विराटनगर । प्रदेश १ का एक सांसदले गाँजखेती गर्न सरकारले छुट दिनुपर्ने माग गरेका छन् । बुधबारको संसद बैठकमा शून्य समयमा बाल्दै नेकपाका सांसद विमल कार्कीले गाँजा खेतीलाई वैधानिक बनाउन माग गरेका हुन् ।

कार्कीले सरकारको नियन्त्रणमा खेती गरेर वैधानिक रूपमा बिक्री गर्ने व्यवस्था गर्नुपर्ने बताउँदै भने, ‘‘यसबाट किसानको आर्थिक अवस्थामा सुधार आउनेछ । यो कामलाई अघि बढाइयोस् । कानुनले प्रतिबन्ध लगाएको छ । तर, किसानले खेती गरेकै छैन् । खेती गर्नेलाई कानुनले दण्ड जरिवानको व्यवस्था गरेको छ । प्रहरीले फडाँनी गर्छ । बालीमध्ये ९९ प्रतिशत उत्पादन हुन्छ तर अवैधानिक बजारमा जोखिमपूर्ण तरिकाले बिक्रीवितरण हुन्छ ।’

उदयपुरका सांसद कार्कीले गाँजा खेतीबाट आम्दानी अत्यन्तै राम्रो हुने भएकाले आफूले सदनमार्फत् गाँजा खेतीको कानुनी प्रतिबन्ध हटाइयोस् भन्दै सरकारको ध्यानाकर्षण गर्नुपरेको बताए । प्रदेश १ को उदयपुर पनि अधिक रूपमा अवैध गाँजा खेती हुने जिल्ला हो ।