नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

Newslaya Home

नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

बुधबार २९, माघ २०७६

बुटवल । सल्यानको चोरखालामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–३ चोरखोलामा सेनाको लु १ ग १२३ नम्वरको गाडी दुर्घटनाग्रस्त भएका हो । मृत्यु हुनेमा नेपाली सेनाका जवान २९ वर्षीय यादवराज ढरेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको गाडी सबुज गणको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।