इटहरीका सुमनलाई कमेडी च्याम्पियनमा जिताउन जु्ट्दै इटहरी

Newslaya Home

इटहरीका सुमनलाई कमेडी च्याम्पियनमा जिताउन जु्ट्दै इटहरी

बुधबार २९, माघ २०७६

इटहरी । इटहरीका सुमन कोइरालालाई चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियनमा जिताउन इटहरीवासी जुटेका छन् ।

च्याम्पियनको टप ५ मा पुगेका इटहरीका सुमनलाई जिताउनका लागि दिनेश कोइरालाको संयोजनमा समिति बनेको हो । समितिले सो विषयमा प्रारम्भिक छलफलसमेत गरेको छ ।

यसअघि इटहरीकै सेविका कोइरालालाई नेपाल गोल्डेन आइडल बनाउन र प्रितम आचार्यलाई सारेगमप लिटल च्याम्पसमा जिताउन इटहरीवासी जुटेका थिए ।

सुनसरीको रामधुनी नगरपालिकामा रहेको स्थानीय रामधुनी एफएमबाट कमेडीको क्षेत्रमा कार्यक्रम चलाउँन सुरु गरेका २४ वर्षीय सुमन कमेडी च्याम्पियनमार्फत आफ्नो प्रस्तुतिलाई निखार्दै गएका छन् ।

कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो कमेडी च्याम्पियनमा एउटा दलालको पात्रमा व्यङ्ग्य गरेका कोइरालाले आम मानिसको ध्यान खिच्न सफल भए ।

प्रतिस्पर्धाबाट बहिरिएर पनि उनि वाइल्ड कार्ड इन्ट्रीबाट उत्कृष्ट ७ मा प्रवेश गरेर अर्गानिक कमेडियनको रुपमा परिचित उनको कमेडीलाई विशेष अथितिको रुपमा शोमा निम्त्याईएका कमेडियन सन्दीप क्षेत्री र बुद्धि तामाङले पनि खुलेरै तारिफ गरे ।

निर्णायकको उच्च मुल्यांकन सहित पफर्मर राउण्ड अफ द डे घोषित भई सिधै टप ५ मा प्रबेश गरेका उनले हिजो मंगलबार बीमा गर्ने मानिसको पात्रमा राम्रो प्रस्तुति दिए । उनको अहिले सामाजिक सञ्जालदेखि चिया गफ सम्म सकारात्मक चर्चा हुने गरेको पाइन्छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Sunita Regmiलेख्नुहुन्छ
  • |
  • बुधबार २९, माघ २०७६
Excellent