माया घरकी संस्थापक राधिका दासीले मुम्बइमा पुराण वाचन गर्ने

Newslaya Home

माया घरकी संस्थापक राधिका दासीले मुम्बइमा पुराण वाचन गर्ने

बुधबार २९, माघ २०७६

इटहरी । भारतको नयाँ मुम्बईमा माया घर नेपालकी संस्थापक भागवत मञ्जरी राधिका दासीले पुराण वाचन गर्ने भएकी छिन् ।

महाशिवरात्रिको अवसर पारी मुम्बई महानगरपालिका शाखा ३१ र ३२ मा सेक्टर ७ मा हुन लागेको श्रीमद भागवत कथाको आयोजनामा नेपाली , संस्कृत , अंग्रेजी र हिन्दी गरि ४ ओटा मा भाषामा कथा भन्दै आएकी अन्तर्राष्ट्रिय प्रख्यात भागवत कथा वाचिका तथा माया घरकी संस्थापक राधिकाले पुराण वाचन गर्ने भएकी हुन् ।

नेपालबाट विश्व हिन्दु महासंघ अन्तर्गतको ऊँकार महाअभियानका प्रमुख संयोजक श्री निक्ष शम्सेर राणा प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको कार्यक्रममा अन्य ३० जना सदस्यिय टोलीको उपस्थिति रहने भएको छ ।

नेपाल र भारतका शन्त महात्माहरुको दिब्य प्रवचन समेत हुने कार्यक्रमा वृन्दावनबाट विश्व हिन्दु युवा संघ भारतका राष्ट्रिय अध्यक्ष शन्त श्री नवल बिहारी शरण जी महाराजको उपस्थिति र आशिर्वचन रहने आयोजक संस्थाले जानकारी दिएको छ ।