इटहरीमाा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

Newslaya Home

इटहरीमाा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

बुधबार २९, माघ २०७६

इटहरी । सुनसरीको इटहरी–२० स्थित मोटरसाइकलको ठक्ककरबाट एक महिला घाइते भएकी छिन् ।

पानीपिया क्षेत्रमा घाँस कोर आउँदै गरेको बेला को २४ प ६३३४ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा इटहरी–२० की ५० बर्षिय मनकुमारी कुमारी राई घाइते भएकी हुन् ।

दुर्घटनामा घाईते राईको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने मोटरसाईकल चालकलाई धरान प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।