करणी गरेको अभियोगमा एक जना पक्राउ

Newslaya Home

करणी गरेको अभियोगमा एक जना पक्राउ

बुधबार २९, माघ २०७६

काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई करणी अभियोगमा पक्राउ गरिएको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित गेस्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।