कोरोना संक्रमित भएपछि बैंकले ३०० कर्मचारीलाई दियो छुट्टी

Newslaya Home

कोरोना संक्रमित भएपछि बैंकले ३०० कर्मचारीलाई दियो छुट्टी

बुधबार २९, माघ २०७६

काठमाण्डौ । सिंगापुरको डिबिएस बैंकका एक कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएपछि बैंक खाली गरिएको छ । बैंकका झण्डै ३०० कर्मचारीलाई कार्यालयबाट घर पठाइएको छ ।

सबै ३०० कर्मचारी डिबिएसको कार्यालय रहेको भवनको ४३ औँ तलामा काम गरिरहेका थिए । एकजनामा संक्रमण भेटिएपछि बुधबार सबै कर्मचारीलाई घर पठाइएको हो ।

सावधानीका लागि बैंक बन्द गरेर सबै कर्मचारीलाई घर पठाइएको डिबिएसले जनाएको छ । सिंगापुरमा यसअघि ४७ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।