स्कुटर चोरी गर्दै गर्दा एक जना पक्राउ

Newslaya Home

स्कुटर चोरी गर्दै गर्दा एक जना पक्राउ

बुधबार २९, माघ २०७६

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट स्कुटर चोरी गर्दै गरेका एक जनालाई पक्राउ गरिएको छ ।

मंगलबार राति दरबारमार्गबाट बा.४८प ६१८६ नम्बरको स्कुटर चोरी गरेर लैजाँदै गरेको गोर्खाको सुलीकोट गाउँपालिका–१ का मिलन न्यौपानेलाई कलंकीबाट पक्राउ गरिएको हो ।

स्कुटर धनीले आफ्नो स्कुटर चोरी भएकोबारेमा खबर गरे लगत्तै कलंकी चोकमा चेकजाँज गर्ने क्रममा न्यौपानेलाई स्कुटरसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

स्कुटरसहित पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।