एक करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ

Newslaya Home

एक करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ

बुधबार २९, माघ २०७६

काठमाडौं । थानकोट सतुंगलबाट करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले एक जनालाई मंगलबार पक्राउ गरेको थियो भने दुई जनालाई आज पक्राउ गरेको हो ।

ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको अवस्थामा पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न रहेको आरोपमा मंगलबार पक्राउ परेका एक जनाको बयानको आधारमा आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।