नक्कली प्रहरी बनेर ठगी गर्ने तीन जना पक्राउ

Newslaya Home

नक्कली प्रहरी बनेर ठगी गर्ने तीन जना पक्राउ

बुधबार २९, माघ २०७६

कैलाली । धनगढी उपमहानगरपालीका–३ बाट ठगी आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

नक्कली प्रहरी बनेर पैसा असुल गर्ने कैलाली मनहेराका ३२ वर्षीय सनम भण्डारी, कैलालीकै हसनपुरका ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्बासका ३३ वर्षीय किशन सिजापतिलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले धनगढी–३ मिलनचोकस्थित चन्द्रभान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलमा गएर आफू प्रहरी भएको भन्दै रकम माग गरेका थिए । भारतीय नम्बरको मोटरसाइकल चोरीको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली हो भनी धम्काई २५ सय रुपैयाँ लगेका थिए ।

शर्माकै उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।