विद्यार्थीद्वारा राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

Newslaya Home

विद्यार्थीद्वारा राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

बुधबार २९, माघ २०७६

जनकपुर । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा बुधबार (आज) विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

नेवि संघ धनुषाको नेतृत्वमा विद्यार्थीहरुले विश्वविद्यालयको भिसी कार्यालय र डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । राजर्षि जनक विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेको विद्यार्थीहरुको आरोप छ ।

नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले छात्रवृत्ति र विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता र आर्थिक चलखेल गरेकाले त्यसलाई सच्याउन दवाव दिन आन्दोलित हुनु परेको बताएका छन् ।