नेपाल टेलिभिजनबाट प्रशारण हुर्दै ‘नेपाल स्टार’

Newslaya Home

नेपाल टेलिभिजनबाट प्रशारण हुर्दै ‘नेपाल स्टार’

बुधबार २९, माघ २०७६

काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको छ । प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायकको भूमिकामा चर्चित गायक रामकृष्ण ढकाल, आलोकश्री र अञ्जु पन्त रहनेछन् ।

नेपाल स्टारमा ५० लाख बराबरको पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल स्टारको उपाधी जित्नेले ३५ लाख पाउनेछ भने अन्य तीन जनाले ५ ५ लाख प्राप्त गर्नेछन् । नेपाल स्टार नेपाल टेलिभिजनबाट हेर्न सकिन्छ ।