नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

Newslaya Home

नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधबार २९, माघ २०७६

नवलपरासी । नवलपरासीको बुलिङ्टार गाउँपालिकाका ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मेला हेरेर फर्कर्दै गरेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुने सबै बुलिङ्टार–३ बतासा गाउँका हुन्। घटनामा बलबहादुर झेडीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

उनीहरु मंगलबार राति बुलिङटारको छरछरेमा लागेको मेला हेर्न गएका थिए। ट्याक्टरमा १७ जना चढेको प्रहरीले जनाएको छ।