आईसीसी विश्वकप लिग–२ः अमेरिकाविरुद्ध नेपालको जीत

Newslaya Home

आईसीसी विश्वकप लिग–२ः अमेरिकाविरुद्ध नेपालको जीत

बुधबार २९, माघ २०७६

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत नेपालले अन्तिम खेलमा शानदार जित निकालेको छ । बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपाली ब्याट्स्‌म्यानले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपाली स्पिनहरूले १२ ओभरमा ३५ रनमा अलआउट गरे ।

अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन जोडे भने अन्य ब्याट्स्‌म्यानले दोहोरो अंक बनाउन सकेनन् । नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए ।