धनकुटामा साथीको कुटाइबाट पवित्राको मृत्यु

Newslaya Home

धनकुटामा साथीको कुटाइबाट पवित्राको मृत्यु

बुधबार २९, माघ २०७६

धनकुटा । धनकुटामा आफ्नै साथीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी–३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको कुटपिटबाट मृत्यु भएको हो ।

गत शनिवार बेलुका सोही स्थानकी २८ बर्षीय निर्मला श्रेष्ठसग पवित्राको सामान्य बिबाद भएको थियो । सोहि क्रममा निर्मलाले पवित्रालाई एक्कासी अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।

घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको उक्त प्रहरी कार्यालयले जनाएको छ।