कोरोना भाइरसको औपचारिक नाम ‘कोभिड–१९’

Newslaya Home

कोरोना भाइरसको औपचारिक नाम ‘कोभिड–१९’

बुधबार २९, माघ २०७६

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामाकरण गरेको छ । रोगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।

कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो ।

नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको बताइएको छ ।

यसअघि इन्टरनेसनल कमिटीले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो ।

भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनमा हालसम्म हजार बढीको ज्यान गएको छ ।

डब्लूएचओले संक्रमण फैलँदै गएकाले यसविरुद्ध आक्रामक रूपमा लड्न विश्व समुदायलाई आग्रह गरेको छ ।