कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुग्यो

Newslaya Home

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुग्यो

बुधबार २९, माघ २०७६

काठमाडौं । चीनमा देखा परेको कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ ।

यो भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । यस्तै हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमणका घटना फेला परेका छन् ।

४ हजार ७ सय ४० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेको छ । भाइरसको सुरुवात हुबेई प्रान्तबाट भएको थियो ।