बार्सिलोनाका स्टार खेलाडी डेम्बेले घाइते, ६ महिना मैदानबाहिर रहने

Newslaya Home

बार्सिलोनाका स्टार खेलाडी डेम्बेले घाइते, ६ महिना मैदानबाहिर रहने

बुधबार २९, माघ २०७६

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी ओउसमाने डेम्बेले पुनः घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार उनी छ महिना मैदानबाहिर रहनेछन् । ह्यामस्ट्रिङ समस्या देखिएपछि उनको पुनः सर्जरी हुने बताइएको छ ।

हाल जो चिकित्सकसँग उनले उपचार गराइरहेका छन् चार महिना अघि पनि उनै चिकित्सकले उनको अप्रेशन गरेका थिए । यस सिजन बार्सिलोनालाई उनीबाट ठुलै आश थियो ।

तर, बारम्बार घाइते भएपछि क्लबको उनको विकल्प खोज्नुपर्ने अवस्था आएको समिक्षकहरुले बताएका छन् ।

बार्सिलोना आएसँगै उनी लामो समय घाइते नै भएका छन् । क्लबले यस सिजनको अन्त्यसँगै नयाँ खेलाडी किन्ने जनाएको छ ।