अब निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

Newslaya Home

अब निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

बुधबार २९, माघ २०७६

काठमाडौं । अब विवाहको निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति लेख्नै पर्ने अभियान सुरु गरिएको छ । बालविवाह न्यूनीकरण गर्न उदयपुरमा यस्तो अभियान सुरु गरिएको हो ।

मुलुकी संहता २०७४ ले विवाह गर्ने युवा युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरे पनि उमेर नपुग्दै विवाह गर्ने क्रम रोकिएको छैन । उमेर नपुगेको भन्दै कोही मण्डप र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने घटना बढ्दै गएपछि प्रहरीले विवाहको निमन्त्रणामै जन्ममिति राख्ने अभियान चलाएको हो ।

छापाखानले बेहुला–बेहुलीको जन्ममिति उल्लेख भए मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने गरेका छन् । सबैलाई बेहुला बेहुलीको उमेरबारे जानकारी दिन यस्तो कदम थालिएको हो । मुलुकी संहिता २०७४ मा बाल विवाहलाई दण्डनीय अपराध भनिएकोले बिहेबारी २० वर्ष पारी भन्ने अभियान चलाएको हो ।