विधानसभा चुनावपछि भाइरल भए ‘मिनी केजरीवाल’

Newslaya Home

विधानसभा चुनावपछि भाइरल भए ‘मिनी केजरीवाल’

बुधबार २९, माघ २०७६

काठमाडौं । आम आदमी पार्टी र त्यसका नेता अरविन्द केजरीवालले मंगलबार अत्यधिक बहुमतसहित विधानसभा चुनाव जितेका छन् ।

तर, सामाजिक सञ्जालमा धेरै मानिसको मन भने ‘मिनी केजरीवाल’ले चोरेका छन् ।

मुख्यमन्त्री केजरीवाल प्रायः स्वेटर र मफलरसहित देखिन्छन् । मंगलबार बिहान उनकैजस्तो भेषभुषामा एक बालकको तस्बिर सामाजिक सञ्जालमा देखियो । आप लेखिएको टोपी, मफलर, मसीको जुँगा र चश्मासहित देखिएका उनको तस्बिर भाइरल बन्न पुग्यो ।

आपको आधिकारिक ट्विटर ह्यान्डलले नै सो तस्बिरमा ‘मफलरम्यान’ लेखेर ट्विटरमा पोस्ट गरेको थियो ।

दिल्लीका जनताको मतादेश पाएसँगै केजरीवाल अर्को पाँच वर्षका लागि मुख्यमन्त्री बन्ने पक्का भएको छ ।