चलचित्र ‘धुलो’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘धुलो’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । रिक्सा चालकको कथामा तयार भएको चलचित्र ‘धुलो’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रमा समावेश ‘सुखको अनुभुति भो’ बोलको गीत सार्वजनिक गरेको हो ।

केशव मिश्रको शब्द, जुगल डंगोलको संगीत रहेको गीतमा मनोज राज र रेजिना रिमालको स्वर सुन्न सकिन्छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको यो चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की प्रमुख भूमिकामा छन् । त्यस्तै चलचित्रमा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन् ।

सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको यो चलचित्रमा कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रद्युम्न मिश्रको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति फागुन १६ गते फाइनल भएको छ ।