ठाकुर ज्ञवाली बने नयाँ आईजीपी

Newslaya Home

ठाकुर ज्ञवाली बने नयाँ आईजीपी

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । नेपाल प्रहरीको २७ औं महानिरिक्षक (आईजीपी)मा प्रदेश १ प्रहरी प्रमुख डिआईजी ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

चर्चामा रहेका डिआईजी ज्ञवाली कार्य सम्पादन, मुल्यांकन र ज्येष्ठताका आधारमा एक नम्बरमा रहेका कारण मन्त्रिपरिषद्को बैठकले मंगलबार आईजीपीमा नियुक्त गरेको हो । गृह मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको थियो ।

प्रहरीको ३० बर्षे सेवा अवधिका कारण आईजीपी सर्वेन्द्र खनालसहित, एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतसहित १८ डिआईजीले मंगलबारबाट सेवा निवृत्त भएका छन् ।

मंगलबार साँझ नै नवनियुक्त आईजी ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा खनालको विदाई गर्नेछन् ।

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीले आगामी असारसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।