आठ भारतीय मृत भेटिएको होटल तीन महिना निलम्बित

Newslaya Home

आठ भारतीय मृत भेटिएको होटल तीन महिना निलम्बित

मङ्गलबार २८, माघ २०७६

काठमाडौँ । मकवानपुरको दामनस्थित पानोरमा रिसोर्ट तीन महिना निलम्बनमा परेको छ ।

पर्यटन विभागले फर्च्यूना इन्टरनेशनल प्रालिबाट सञ्चालित पानोरमा रिसोर्टलाई तीन महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरेको हो ।

यही महिना रिसोर्टमा बसेका आठ जना भारतीयको हिटरको कारण मृत्यु भएको थियो । जोडामा एउटै कोठमा बसेर हिटर तापेका उनीहरु मृत फेला परेका थिए ।

आगन्तुकको सुरक्षाका लागि आवश्यक सावधानी नअपनाएको भन्दै विभागले निलम्बन गरेको हो ।