त्रिभुवन विमानस्थलमा भएको आगलागी छानबिन गर्न समिति गठन

Newslaya Home

त्रिभुवन विमानस्थलमा भएको आगलागी छानबिन गर्न समिति गठन

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित कफी सपमा भएको आगलागी छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङले सोमबार साँझ सवा ५ बजे भएको आगलागीको विस्तृत छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका हुन् ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी उपरीक्षक केदार ढकाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक कूल प्रसाद सिंखडा र प्राधिकरणकै उपनिर्देशक विक्रम गौतम रहने गरी छानबिन समिति गठन गरिएको हो ।

समितिलाई छानबिन गर्न ७ दिनको समयसीमा दिइएको छ ।