इटहरीको नमुना कलेजमा पूर्व विद्यार्थी समाज गठन

Newslaya Home

इटहरीको नमुना कलेजमा पूर्व विद्यार्थी समाज गठन

मङ्गलबार २८, माघ २०७६

इटहरी । सुनसरीको इटहरी स्थित रहेको नमुना कलेजमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ ।

नमुना कलेजको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ समाजीक कार्य र आम संचार अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले ‘पूर्व विद्यार्थी समाज’ गठन गरेको हो ।

अंशु अधिकारीको अध्यक्षतामा बनेको पूर्व विद्यार्थी समाजको उपाध्यक्षमा एलीना श्रेष्ठ , सचिव पुकार चौधरी , सह सचिब बिकल रेग्मी कोषध्यक्षमा प्रकास परीयार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा एलीना कटवाल , नवल रिजाल लगाएत रहेका छन् । नव गठित समाजले इटहरी नमुना कलेज मा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर कलेजलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोति सहित कार्यक्रम गर्ने समाजका सचिव पुकार चौधरीले बताए ।

ग्रयाजुएसन समारोहमा बोल्दै कलेजका प्राचार्य धर्म न्यौपानेले आफूले सिकेको सीप र ज्ञान समाज रुपान्तरणमा लगाउन विद्यार्थीलाई आग्रह गरे । न्यौपानेले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै कलेज र विद्यार्थीबीच सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

नव गठित समाजले इटहरी नमुना कलेज इटहरीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र संघ–संस्था, व्यवसाय वा कम्पनी सञ्चालक र कार्यरत कर्मचारी, जनप्रतिनिधि, लगायतको विवरण तयार गरी पुर्न मिलन को कार्यक्रम भव्यताको साथ आयोजना गर्ने जानकारी दिएको छ ।