धनकुटामा साथीको कुटाइबाट एक युवतीको मृत्यु

Newslaya Home

धनकुटामा साथीको कुटाइबाट एक युवतीको मृत्यु

मङ्गलबार २८, माघ २०७६

धनकुटा । धनकुटाको छथरजोरपाटी–३ लामोगरा स्थित साथीको कुटाइबाट एक युवतीको मृत्यु भएको छ ।

गत शनिबार बेलुका सोही स्थानकी २८ बर्षीय निर्मला श्रेष्ठ र २९ बर्षीया पवित्रा राईबीच सामान्य विवाद हुँदा कुटाकुट भएको थियो ।

उक्त घटनामा निर्मलाले पवित्रालाई एक्कासी दाउराको अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्रा राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनामा सलग्न निर्मला श्रेष्ठला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।