गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद

Newslaya Home

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । २०७१ सालदेखि थुनामा रहेका गुण्डा नाइके रमेश बाहुन ‘सुजन पौडेल’लाई १० वर्ष कैद र ७५ हजार जरिवाना तोकिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दाहालको इजलासले यस्तो सजाय सुनाएको हो । रमेश बाहुनलाई खैरो हिरोइन सहित २०७१ साउनमा काठमाडौंबाट पक्राउ गरिएको थिायो ।

जिल्ला न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।