अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा पाँच जनाको मृत्यु

Newslaya Home

अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा पाँच जनाको मृत्यु

मङ्गलबार २८, माघ २०७६

एजेन्सी । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै आत्मघाती आक्रमण भएको छ ।

सैनिक प्रशिक्षालय ‘मर्सल फहिम मिलिटरी एकेडेमी’को गेट नजिकै भएको हमलामा परि तीन जना सैनिक सहित पाँच जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा अन्य पाँच सर्वसाधारण सहित १२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता नसरत रहिमीले जानकारी दिए ।

घर हल्लाउने गरि शक्तिशाली विस्फोट भए पछि गोली प्रहारको आवाज सुनिएको स्थानीयबासीले बताएका छन् । विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिए पनि अफगानिस्तानका ग्रामिण स्थानमा तालिबान समूह सक्रिय रहँदैआएको छ ।