वडाध्यक्षमाथि कुखुरा चोरेको आरोप

Newslaya Home

वडाध्यक्षमाथि कुखुरा चोरेको आरोप

मङ्गलबार २८, माघ २०७६

लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाका एक वडाध्यक्षमाथि कुखुरा चोरेको आरोप लागेको छ ।

शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले बेसीशहर–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी दिएका हुन् ।

वडाध्यक्षले गत २१ गते आफ्नो फर्मको ढोका फोडेर ५ सय कुखुरा चोरी गरी भन्दै राउतले जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

तर, वडाध्यक्ष बरालले भने आफ्नो ऋण नतिरेपछि किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । डाध्यक्षमा निर्वाचित हुनु पहिले २०७३ सालदेखि राउतले आफ्नो पसलबाट कुखुराको दानादेखि कुखुराका चल्ला र कुखुरा नै पैसा नतिरी उदारोमा लैजाने गर्दा अहिलेसम्मको हिसाब १ लाख ६६ हजार रुपैयाँ पुगेको वडाध्यक्ष बरालले बताए ।

४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालको भनाइ छ ।