इटहरीमा एक व्यक्ति सुतैकै ठाउँमा मृत फेला

Newslaya Home

इटहरीमा एक व्यक्ति सुतैकै ठाउँमा मृत फेला

मङ्गलबार २८, माघ २०७६

इटहरी । सुनसरीको इटहरी–४ स्थित एक व्यक्ति सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

सोमबार राति मेचिकाली गेस्ट हाउसको कोठा नम्वर १०१ मा धनकुटा महालक्ष्मी ६ बस्ने ४२ वर्षका रोहित पुरी मृत भेटिएका हुन् ।

तीन जना साथि बसेका मध्ये रोहित बिहान उठाउँदा नउठे पछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको जानकारी पाउनसाथ अधिकृत सहित प्रहरी निरीक्षक रमेश वस्नेत सहितको टोलि खटिई कानुनि प्रक्रिया पुरा गरि शव पोष्टमाटमको लागि धरान पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।