कोशी गाउँपालिकामा आगलागी हुँदा ५२ खशी बाख्रा जले

Newslaya Home

कोशी गाउँपालिकामा आगलागी हुँदा ५२ खशी बाख्रा जले

मङ्गलबार २८, माघ २०७६

इटहरी । सुनसरीको कोशी गाउँपालिका –१ लौकही स्थित एक फर्ममा आगलागी भएको छ ।

मंगलबार बिहान स्थानीय गोसाई यादबको कृषी फर्म आगलागी हुदाँ ५२ वटा खशी बाख्राहरु जलेर मरेका छन् । अचानक आगोलागी हुँदा ८ वटा खशी, ४४ वटा बाख्रा, बाख्राको खोर , नजिकै रहेको कुखुराको खोर पुर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनसािथ घटनास्थलमा पुगेका नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । उक्त घटानामा करिब १५ लाख बराबरको क्षति भएको जिप्रकाका प्रहरी प्रबक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।