३४ वटा सेतो कछुवा सहित एक युवा पक्राउ

Newslaya Home

३४ वटा सेतो कछुवा सहित एक युवा पक्राउ

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । ललितपुरको पुल्चोकस्थित लबिम मलबाट सेतो कछुवा सहित एक जनालाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले हरिसिद्धिका २२ वर्षीय डेबिट महर्जनलाई ३४ वटा दुर्लभ सेता कछुवासहित सोमबार साँझm पक्राउ गरेको हो ।

निलो–सेतो रंगको कागजको बट्टाभित्र राखेर करिब १२ लाख रुपैयाँमा बेच्न लागेको अवस्थामा ती कछुवासहित डेबिटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएका ती दुर्लभ वन्यजन्तु कछुवालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।